सुदूरपश्चिममा थप ७७४ जनामा संक्रमण, १६ जनाको मृत्यु, १४९ निको भए

दार्चुला । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरेर कूल १,४९९ नमूना परीक्षण गर्दा ७७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

एक हजार १ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७१७ जना संक्रमित भेटिएका छन् भने, ३०० जनाको ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ९४ हजार ७३७ नमूना परीक्षण गर्दा २९ हजार २०८ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका १६ हजार ३ जनाले कोरोना जितेका छन्, भने ३३३ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, १४९ जना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा कैलालीका ९ जना, कञ्चनपुरका ४ जना, बैतडी, बझाङ र डोटीका १र१ जना गरी कूल १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?