दार्चुला । कञ्चनपुरमा मोटरसाइल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार साँझ भाँसिबाट राजिपुर तर्फ गइरहेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल राजिपुरमा आफैँ अनियन्त्रित भइ दुर्घटना भउको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक लामिछानेको माहाकाली अस्पतालमा उपचारो क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल भने अस्थायी प्रहरी विट नौलाखेतो नियन्त्रणमा छ।





प्रतिक्रिया