दार्चुला । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागी १ करोड ५० लाख बजेट विनियोजन भएको छ ।
बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको पहलमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरिएको हो ।
जिल्ला अस्पतालमा छिटै अक्सिजन प्लान्ट निर्माण हुने बताउदै प्रतिनिधि सभा सदस्य भण्डारीले नागरिकको जीवन रक्षाको लागी आफु सधै प्रतिबद्ध रहेको बताउनुभयो ।
नयाँ भेरियन्ट सहितका कोरोना संक्रमतिहरु थपिदै गए पछि अहिले जिल्ला अस्पताल बैतडीमा कोरोना संक्रमितको उपचारका लागी अक्सिजनको चरम अभाव रहेको छ ।
यस अघि सुदुरपशिचम प्रदेश सरकारले पनी अक्सिजन प्लान्ट स्थापनाका लागी जिल्ला अस्पताल बैतडीलाई ८० लाख उपलब्ध गराएको छ ।
जिल्ला अस्पतालमा कोभीडका बिरामीहरु बढ्दै गएपछि अक्सिजनको अभाव भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।
कोरोनाको दोस्रो लहर सुरु भए यता बैतडीमा ८ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।






प्रतिक्रिया