महाकाली अस्पतालमा उपचाररत थप ६ जना संक्रमितको मृत्यु

दार्चुला । कञ्चनपुरमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयकी कोभिड फोकल पर्सन महिन्द्रा भट्टले भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका १/१ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार भीमदत्त नगरपालिका-५ का ६५ वर्षीय पुरुष, भीदमत्त नगरपालिका ८ का ७५ वर्षीया महिला, वडा नम्बर १८ का ८० र ७१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तै कृष्णपुर नगरपालिका-४ का ६९ वर्षीय पुरुष र लालझाडी ५ का ३० वर्षीय पुरुषको मृत्यु भएको उहाँले बताउनुभयो ।

बुधबार नै कञ्चनपुरमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक सय ४ जना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?