दार्चुला । बैतडीमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ११ का ६० बर्षीय पुरुषको शनिबार बिहान ज्यान गएको हो ।
शनिबार बिहान मात्रै अस्पताल पुर्याइएको ती पुरुषको एन्टीजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका ती पुरुषको शरीरमा अक्सिजनको मात्रा निकै कम भएको अवस्थामा अस्पतालमा ल्याइएको थियो ।
कोरोनाबाट मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ । यो संगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।





प्रतिक्रिया