बैतडीमा कोरोना संक्रमणदर घट्दै

दार्चुला । बैतडीमा कोरोनाको दोश्रो लहर फैलिएपछि करीब ४५ प्रतिशत संक्रमणदर पुगेकोमा अहिले २५ प्रतिशतमा झरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

पछिल्लो समयमा जारी गरिएको निषेधाज्ञा, स्थानीय तहमा आइसोलेसनको व्यवस्था र स्थानीयहरुको सचेतताका कारण कोभीड संक्रमणदरमा केही कमी आएको छ उहाँले भन्नुभयो, अझै जोखिम भने कायमै रहेको छ ।

संक्रमण फैलिने जोखिम अझै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा ध्यान दिनुपर्नेमा स्वास्थ्य प्रमुख भट्टले जोड दिनुभयो । जारी निषेधाज्ञाका कारण भीडभाड कम भएकाले कोरोना संक्रमण दर घटेको र स्थानीय तहहरुले पनि कन्ट्याक्ट ट्रेसिङको काम गरेकाले कोरोना संक्रमणदर घटाउन सहयोग मिलेको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो ।

जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहहरुमा कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

यसैबिच बैतडीमा कोरोना विरुद्धको खोप अभियान शुरु हुने भएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि खोपको दोश्रो मात्रा दिइने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो ।

गत माघ १४ गतेदेखि २४ गते सम्म र फागुन २ देखि ११ गते सम्म कोभिशिल्डको खोपको पहिला मात्रा लगाएका पहिलो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि यही जेठ १४ गते खोपको दोश्रो मात्रा लगाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियान अन्तर्गत जेठ १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्म खोप लगाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?