दार्चुला । मंगलबार सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १७५७ नमूना पीसीआर तथा ५ वटा सीमानाकामा ४९५ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल २२५२ नमूना परीक्षण गर्दा ६१९ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पीसीआर विधिबाट परीक्षण गर्दा ५३४ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८५ जनामा संक्रमण पुस्टि भएको छ।
सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७५७ जनाको नमूना परिक्षण गर्दा थप ४९५ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको छ।
हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख १५ हजार ७७ नमूना परीक्षण गर्दा ३६ हजार ७७० जनामा संक्रमण फेला परेको छ।
प्रदेशभर संक्रमण पुस्टि भएका १९ हजार ९ सय ८२ जनाले कोरोना जितेका छन् भने, ४६३ जनाको मृत्यु भएको छ।
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ६९७ जना संक्रमित निको भएका छन्।
पछिल्लो २४ घण्टामा कञ्चनपुरका २, बैतडी १ र कैलालीका ५ र बझाङ्का १ जना गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।





प्रतिक्रिया