बैतडीमा थप ६६ जनाले कोरोना जिते, १० जनामा संक्रमण पुष्टि

दार्चुला । बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । बिहीबार जिल्लामा ६६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सीआईसीटी सहजकर्ता बिनिता चौधरीले बताइन् ।

पछिल्ला केही दिन यता संक्रमण पुष्टि हुनेको भन्दा निको हुनेको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै बिहीबार थप १० जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकामा ५, दशरथचन्द नगरपालिकाका ४ र सुर्नया गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

बैतडीमा अहिले सक्रिय संक्रमितको संख्या ६४४ रहेको छ ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २२७, पाटन नगरपालिकामा १३१,सिगास गाउँपालिकामा ९९, डिलाशैनी गाउँपालिकामा ३९ र पञ्चेश्वर गाउँपालिकामा २६ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा २५/२५ जना, शिवनाथ गाउँपालिकामा २३ जना र पुर्चौंडी नगरपालिकामा १९ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका ५ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?