दार्चुला । सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ९ जनाको मृत्यु भएको छ ।
कञ्चनपुरका र कैलालीका ४/४ जना र अछामका १ जना गरी ९ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ३२२ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा ३७७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
यी दुवै विधिबाट गरिएको परिक्षणमा ४८७ जनामा संक्रमण पुष्टि भएको छ।
यसैबिच दार्चुलामा बिहिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टीजेन विधिमार्फत गरिएको परिक्षणमा आज थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइसर फोकल प्रर्शन विरेन्द्र राज भट्टले जानकारी दिनुभयो ।
आज संक्रमण पुष्टि हुनेमा मालिकार्जुन गाउँपालिकाका १४ जना, लेकम गाउँपालिकाका ११ जना, दुँहु गाउँपालिकाका ६ जना, मार्मा गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका ४ जना रहेका छन ।
आज थपिएका सहित दार्चुलामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६ सय ४० पुगेको छ ।
त्यस्तै आज थप ६ जना कोरोना संक्रमण मुक्त भएका छन । यो संगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ सय ८ पुगेको छ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलामा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन ।





प्रतिक्रिया