हत्या गरेको आशंकामा ६ जना पक्राउ

दार्चुला । धनगढीको बसपार्कमा भेटीएका पुरुषको हत्याको आशंकामा सोधपुछका लागि ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बसपार्कबाट ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनुभयो ।

टाउकोमा चोट लागेको अवस्थामा भेटीएका ती पुरुषको परिचय खुल्न बाँकी रहेको छ ।

शुक्रवार बिहान बसपार्कस्थित प्रतिक्षालयमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

प्रवक्ता बिष्टले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?