इराकसँग खेल्न तयार छौँ : कप्तान किरण

दार्चुला । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार चेम्जोङले इराकविरुद्धको खेलका लागि टिम तयार रहेको बताउनु भएको छ ।

इराकसँगको खेल अघि बोल्दै कप्तान किरणले टिम खेलका लागि तयार रहेको बताउनुभएको हो ।

‘हामीले राम्रो तयारी गरेका छौँ र यसका लागि तयार छौँ,’ किरणले भन्नुभयो ।

नेपालले घरेलु टिम इराकविरुद्धको भोलि (शनिबार) मैत्रीपूर्ण खेल खेल्दैछ ।

बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १० : १५ बजे सुरु हुनेछ ।

यस्तै कप्तान किरणले इराक जस्तो टिमसँग खेल्न पाउनु नेपालका लागि ठुलो अवसर भएको बताउनुभयो ।

‘इराकविरुद्ध खेल्नु हाम्रो लागि ठुलो अवसर हो । यो कुवेतमा हुने विश्वकप छनोटका लागि राम्रो अनुभव हुनेछ,’कप्तान किरणले भन्नुभयो ।

विश्वकप छनोटको तयारीका लागि नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेल्न लागेको हो ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि विश्वकप छनोटका लागि कुवेत जानेछन् ।

छनोटमा नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ ।

अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?