लिचीको दाना घाँटीमा अड्किदा बालकको मृत्यु

दार्चुला । कञ्चनपुरमा लिचीको दाना घाँटीमा अड्किदा एक बालकको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ५ सुकासालका भूपेन्द्र चन्दका ६ महिनाको छोरा वीरेन्द्र चन्दको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो घाँटीमा लिचीको दाना अड्एिपछि उनलाई महाकाली अस्पताल लगिएको थियो।

उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक अमर थापाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?