लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

दार्चुला । कञ्चनपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका र बेलौरी नगरपालिकाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले भीमदत्त नगरपालिका १ भाँसीबाट २ जना र बेलौरी नगरपालिका ७ कालोपुलबाट २ जानालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकाको भाँसीबाट बेदकोट नगरपालिका १ का २१ वर्षीय श्याम पाल र १९ वर्षीय सुरेन्द्र पाललाई पक्राउ गरिएको डीएसपी थापाले बताउनुभयो । उनीहरुको साथबाट ५.०५ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।

यस्तै बेलौरी नगरपालिकाबाट कैलालीको धनगढी उपमहानगरपालिका ८ बस्ने २७ वर्षीय अम्लेसकुमार शाह र सोही ठाउँका २६ वर्षीय खड्कराज अवस्थीलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ०.७५० ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?