जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु

दार्चुला । जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताउनुभयो। अब आइतबारबाट नियमित उत्पादन हुने उहाँले जानकारी दिनुभयो।

केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने अस्पतालले जनाएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला भएको छ, भने दार्चुलामा पनि प्लान्ट निर्माणको लागी प्रक्रिया अगाडी बढाइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?