बजार अनुगमनका क्रममा २७ व्यापारीलाई जरीवाना

दार्चुला । बैतडीमा यो महिना अहिले सम्म ११ पटक बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

निषेधाज्ञाको समयमा कालोबजारी भएको, महंंगी बढेको लगायतका गुनासोहरु आएपछि अनुगमन समितिले अनुगमन थालेको हो । अहिले सम्म दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको सूचना अधिकारी भारतीले बताउनुभयो ।

‘यो अवधिमा हामीले ५४ ओटा पसलमा अनुगमन गरेका छौं । २७ ओटा पसलेहरुलाई जरीवाना गरेका छौं उहाँले भन्नुभयो, खाद्य पसल, किराना पसल, डिलर, तरकारी पसल, औषधि पसल, मदिरा पसल लगायतमा अनुगमन गरिएको बताईएको छ ।

जरीवाना गरिएका २७ पसले मध्ये ६ जनालाई २० हजारका दरले, १७ जनालाई पाँच हजारका दरले र ४ जनालाई २ हजार एकसयका दरले जरीवाना गरिएको छ ।

२३ जनालाई उपभोक्ता संरक्षण ऐन २०७५ र चार जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरीवाना गरिएको हो ।

यसअघि शुक्रबार दार्चुला सदरमुकाम खलंगामा गरिएको बजार अनुगमनका क्रममा कालोबजारी गर्ने, मूल्यसूचि नराख्ने र म्याद नाघेको अखाद्य सामाग्री बिक्रिवितरण गर्ने चार जना व्यापारीलाई १० देखि २० हजारका दरले जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?