दार्चुला । आईसीसी विश्वकप क्रिकेट लिग–२ नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्पेनमा हुने पक्का भएको छ ।
स्कटल्याण्डमा जुलाईमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान्र) का सचिव अशोकनाथ प्याकुरेलले सिरिज स्पेनमा हुने पक्का जस्तै भएको बताउनुभयो ।
उहाँले आईसीसीबाट आधिकारिक पत्र नआएकाले क्यानको तर्फबाट पक्का भन्न नमिल्ने पनि जिकिर गर्नुभयो ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।
लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सिरिज स्थगित गरेको थियो ।





प्रतिक्रिया