बैतडीमा आइतबार ३१ जनामा कोरोना पुष्टि

दार्चुला । बैतडीमा आइतबार थप ३१ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका १७, दशरथचन्द नगरपालिकाका ५, मेलौली नगरपालिकाका ३ र दोगडाकेदार गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा आइतबार २५ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या तीन सय रहेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७७ जना, पाटन नगरपालिकामा ५३ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, सुर्नया गाउँपालिकामा २८ जना र मेलौली नगरपालिकामा २४ जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा २३ जना,सिगास गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा १० जना र दोगडाकेदार गाउँपालिकामा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा अन्य ठाउँका १ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?