नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप

दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आइतबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गर्नुभएको हो ।

प्रमुख सचेतक दुर्गाकुमारी कामीले दलका नेता शाहको निर्देशनअनुसार एमालेका २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी भएको जानकारी दिनुभयो । तर एमाले संसदीय दलले गरेको ह्वीप पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नमान्ने भएका छन् ।

केन्द्रीय कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य लिलाधर भट्टले बताउनुभयो । भट्टले केन्द्रीय कमिटीको निर्णयअनुसार नै संसदीय दलले निर्णय लिनुपर्ने पक्षमा आफूहरु रहेकाले विपक्षमा मतदान गर्ने तर प्रदेशसभामा कुनै पनि खालका अराजक गतिविधि नगर्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेको ओली पक्षका ७ जना सांसद रहेका छन् ।

गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट पारित गर्ने कार्यसूची छ । ओली पक्षीय प्रदेशसभा सदस्य केन्द्रीय कमिटीको समर्थन फिर्ता लिने निर्णयअनुसार सरकारको विपक्षमा छन् भने माधव पक्षीय सांसदले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई सघाइरहेका छन् ।

१० जेठमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

लगत्तै मुख्यमन्त्री भट्टले एमालेका तीन मन्त्रीलाई राजीनामा गराएर चार जना मन्त्री र तीन जना राज्यमन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?