दार्चुला । बाजुरामा लगातार परिरहेको वर्षापछि आएको बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।
जिल्लाको बुढीनन्दा नगरपालिका–३ र त्रिबेणी नगरपालिका– ५ का स्थानीय खोलामा आएको बाढीले बगाउँदा दुईजना बेपत्ता प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब निरीक्षक धनदेव साउदले बुढीनन्दाको बड्डीगाड खोलाले बगाउँदा ३५ वर्षीया मोतीकला लुहार र त्रिबेणीको किमनी खोलाले बगाउँदा १२ वर्षीय कमल बुढा बेपत्ता भएको जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य भइरहेको छ ।
लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको प्रहरी निरीक्षक साउदले बताउनुभयो ।
मुख्य राजमार्ग अन्तरगत आमकोट र बार्जुघाटमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सरमुकाम मार्तडीसँगको यातायात सेवा ठप्प भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




