दार्चुला । डोटीमा पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नंं ३ बासुदेबी देउकाँडाका ६५ बर्षिय खडकबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।
बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाईते भएकी छन् । घाईते हुनेहरुमा बासुदेबीको झिगावस्तीका १३ बर्षिय पुनी कुँवर र १६ बर्षिय पुजा कुँवर रहेका छन् ।
पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको छ ।खानेपानी अबरुद्ध भएपछी पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया