दार्चुला । दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातीदेखि अवरुद्ध बनेको थियो ।
लगातारको वर्षाका कारण सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सडक माथिबाट ठूलो पहिरो खसेको र पहिरो पन्छ्याउन समस्या भएको उहाँले बताउनुभयाो ।
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिडेका यात्रुहरु २ दिनदेखि बिचबाटोमै रोकिएका छन् । बझाङबाट धनगढी,महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा,बैतडी र बझाङ भित्रिने ५० बढी सवारी साधन र १ सय बढी यात्रुहरु पहिरोका कारण रोकिएका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया