बैतडी । सोमबार रातीदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग बुधबार (आज) दिउँसोदेखि सुचारु भएको छ । राजमार्गको खोड्पे श्रीभावर सडकखण्ड अन्तर्गत बैतडीको ढोल्यामोड नजिकै खसेको पहिरो पन्छ्याएपछि राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
प्रहरी तथा सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छ्याइएको उहाँले बताउनुभयो । लगातारको बर्षाका कारण मंगलबार पहिरो पन्छ्याउन सकिएको थिएन् ।
बुधबार बिहानैदेखि पहिरो पन्छ्याउने काम शुरु भएको र दिउँसोदेखि राजमार्ग सुचारु भएको प्रवक्ता खड्काले बताउनुभयो । राजमार्ग सुचारु भएसंगै रोकिएका सवारी साधन सञ्चालनमा आएका छन् ।
बर्षातको समयमा पहिरोका कारण जयपृथ्वी राजमार्ग बेला बेलामा अवरुद्ध हुने गरेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया