डोटी । रोपाइँ सुरु भए पनि डोटीका किसानले अझै रासायनिक मल नपाउँदा चिन्तीत भएका छन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् ।
रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भएकालो आफुहरु चिन्तामा दिन विताइ रहेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताउनु भयो । यस वर्ष समयमै वर्षात् भएकाले यहाँका विभिन्न ठाउँमा धान रोपाइँ सुरु भएको छ ।
कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।
जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको भएको किसानको आरोप छ । यता नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जनाएको छ ।
रासायनिक मल अभावमा किसान कहिल्यै समयमा मल नपाउने भन्दै आक्रोशित बनेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया