दोगडाकेदार गाउँपालिकामा रोकिएका सबै सेवा सुचारु

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै सेवा बिहीबारदेखि सुरु भएका छन्। जिल्लामा कोरोना संक्रमण फैलिँदै गएपछि गत वैशाख २० गतेदेखि जारी निषेधाज्ञामा बन्द रहेका सबै सेवा आजदेखि नियमित रुपमा प्रवाह भएका हुन्।

गत वैशाख २० गतेदेखि गाउँपालिका तथा वडा कार्यालयहरुले अत्यावश्यक सेवाहरु मात्रै दिँदै आएकोमा बिहीबार (आज) देखि सबै कार्यालयहरुको नियमित सेवा सुचारु भएका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रवीन्द्र बहादुर धामीले जानकारी दिनुभयो।

आर्थिक वर्ष सकिन १ महिना मात्रै बाकी रहेकोले चालु आर्थिक वर्षका केही योजनाहरु कार्यान्वयन तथा आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने बाध्यता रहेकोले कार्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

कार्यालय सञ्चालनको समयमा अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाका आवश्यक मापदण्डहरु पूर्ण पालना गरि सबै सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ  ।

कोरोना संक्रमण केही कम बन्दै गए पनि असार १५ गतेसम्मका लागि बैतडी जिल्लामा चौथौ पटक निषेधाज्ञा जारी रहेको छ।

गाउँपालिकाले  यसअघि आफूसंग रहेका  सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने घोषणा गरिसकेको छ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?