डडेल्धुरा  । लामो लकडाउनका कारण डडेल्धुरामा निर्माण सामग्रीको मूल्य ३० प्रतिशतले वृद्धि भएका छ ।७५ रुपैयाँ बिक्री मूल्य रहेको रडको मूल्य बढेर अहिले एक सय १० रुपैयाँ पुगेपछि निर्माण कार्य प्रभावित हुन थालेको छ ।

व्यक्तिगत तथा सार्वजनिक निर्माण सेवामा प्रयोग हुने सिमेन्ट, रड, इटा, ग्याभिङ लगायत फलामे वस्तुहरुको मूल्य तीस प्रतिशत भन्दा धेरै बढेको व्यवसायीको गुनासो छ ।

यस्तै कोरोनाको प्रभावसँगै असारे विकास र योजना सम्पन्न गर्ने समय अन्तिम हुँदै गर्दा सामानको मूल्य वृद्धि भएको निर्माण व्यवसायी रबि केसीको भनाइ छ ।

डडेल्धुरामा मूल्य वृद्धि मात्र नभई ग्रामीण सडकहरु निषेधाज्ञा र लगातारको वर्षाले बन्द हुँदा कतिपय सामग्री बिक्री हुन सकेको छैन ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?