कञ्चनपुरमा खुकुलो पार्दै फेरि १५ गते सम्म लम्ब्याइयो निषेधाज्ञा

कञ्चनपुर । कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

प्रशासनले जिल्लामा यो छैटौ पटक निषेधाज्ञा थपेको हो। खुकुलो पार्दै असार ८ देखि ११ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रजिअ महतोले जानकारी दिनुभयो।

निषेधाज्ञाको समयमा सार्वजनिक यातायातका सबै सवारी साधन बन्द रहने छन् भने अत्यावश्यक सवारी साधन, यस्तै सरकारी, निजी तथा मालबाहक लगायतका सवारी साधान सञ्चालन गर्न पाइने छ।

अब अत्यावश्यक सामग्री प्रवाह गर्ने बाहेक सबै खाले पसलहरू प्रत्येक दिन बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रजिअ महतोले जानकारी दिनुभयो। उद्योग, कलकारखाना लगायत, सार्वजनिक तथा निजी निर्माण कार्य सञ्चालन गर्न पाइने छ।

यस्तै अब सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक वित्तीय संस्थाहरू, गैरसरकारी संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर तथा आलोपाले गरी सञ्चालन गर्न सकिने छ।

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन्। विवाह ब्रतबन्धको हकमा स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १० जनासम्म मात्रै भेला हुन पाउनेछन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?