बैतडीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बैतडी । कोरोना संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु भएको छ। जिल्ला अस्पतालमा उपचाररत दशरथचन्द नगरपालिका–५ का ८२ वर्षीय वृद्धको मंगलबार बिहान मृत्यु भएको अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो। ती वृद्धमा गत जेठ २६ मा संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। यससँग बैतडीमा कोरानाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

जिल्ला अस्पतालमा अहिले कोरोनाका बिरामीको संख्या शून्य रहेको छ। अहिले जिल्लामा दैनिक संक्रमणदर घट्दै गएकाले सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ। अहिले ६८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका सिआइसिटी सहजकर्ता बिनिता चौधरीले जानकारी दिनुभयो।

सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा १७, सुर्नया गाउँपालिकामा १४, दोगडाकेदार गाउँपालिकामा ११, पाटन नगरपालिकामा ११ र मेलौली नगरपालिकामा ६ जना रहेका छन्।

यस्तै, पञ्चेश्वर गाउँपालिकामा चार, शिवनाथ गाउँपालिकामा दुई, पुर्चौंडी नगरपालिका, डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?