बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीले वृक्षारोपण अभियान शुरु गरेको छ । विभागीय निती अनुसार जिल्लामा वृक्षारोपण अभियान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।
सोही अभियान अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालयका परिसरमा विभिन्न फलफूल र जडीबुटीका करीब डेढ सय बिरुवा रोपण गरेको उहाँले बताउनुभयो । कागती,सुन्तला, जुनार, ओखर, लप्सी लगायतका बिरुवा रोपेको उहाँले बताउनुभयो ।
जिल्लाका प्रत्येक प्रहरी युनिटमा वृक्षारोपणका लागि आग्रह गरिएको प्रवक्ता खड्काले बताउनुभयो । प्रहरीलाई कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया