बैतडी । बैतडीको सुर्नया नदीमा डुबेर एक बालिका बेपत्ता भएकी छिन्। बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका–१ बाटीसेराकी १३ वर्षीया नितु विक रहेकी छिन्।
साथीहरुसँग नुहाउन गएकी विक मंगलबार (आज) दिउँसो २ बजेको समयमा नदीमा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिनुभएको छ ।
स्थानीय र अस्थायी प्रहरी पोष्ट सलेनाको टोलीले उनको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया