जिल्ला अस्पातल बैतडीले आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा ल्याउने

बैतडी । जिल्ला अस्पताल बैतडीले आइतबारदेखि नियमित ओपडी सेवा सञ्चालन ल्याउने भएको छ ।

अस्पतालमा कोरोनाका बिरामीको संख्या शुन्य भएपछि अ‍ोपडी सेवा सञ्चालन गर्ने तयारी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।

यसअघि कोरोना भाईरसका कारण अस्पतालले आकस्मिक र सुत्केरी बाहेकका सेवा बन्द गरेको थियो । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि ओपीडी सेवा सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो। अस्पतालमा सेवा लिँदा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

ओपीडी सेवा शुरु हुनेभएपछि नागरिकलाई उपचारका लागि सजिलो हुने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?