बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाको आगामी आर्थिक बर्ष २०७८र ०७९को नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित भएको छ । बिहीबार दोगडाकेदार गाँउपालिकाको सातौँ औँ गाँउ सभाबाट ५८ करोड ४ लाख ९८ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम पारित भएको हो ।
बिहिबार बसेको सातौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर उक्त बजेट पारित गरेको जानकारी दिनुभयो ।
बजेट प्रस्तुत गर्दै उपाध्यक्ष कार्कीले गाँउपालिकाले ल्याएको बजेट कार्यान्वयनमा विश्वास व्यक्त गर्नुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।







प्रतिक्रिया