बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ करोड १३ लाख ९९ हजार बराबरको बजेट नवौँ नगरसभामा पेश गरेको छ ।
उज्यालो पुर्चौंडी नगरवासीको चाहना, विकास र समृद्धि नगर सरकारको परिकल्पना भन्ने नारामा आधारित रहेको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उपप्रमुख जानकी ऐर बमले बताउनुभयो।
यस्तैै विगतका कार्यक्रमहरुलाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया