त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि (रुटिनसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन १० देखि सुरु हुने भएको छ ।

त्रिविले सूचना प्रकाशन गरेर वार्षिक परीक्षा प्रणालीअन्तर्गतको तीन र चार वर्षे बिए‚ बिएससी‚ बिबिए र बिएड प्रथम वर्षको परीक्षा सञ्चालन हुने जनाएको हो ।

साउन २८ गते परीक्षा सकिने तीन वर्षे मानविकी शंकायको वार्षिक परीक्षा साउन १० गतेदेखि सञ्चालन हुने भएको छ । त्यस्तै, चार वर्षे बिएको पनि १० गतेदेखि परीक्षा सुरु भई २९ गते सकिने छ । त्रिविले चार वर्षे शिक्षा संकायको पनि परीक्षा तालिका सार्वजनिक गरेको छ । सो परीक्षा साउन १० गतेदेखि सुरु भई २५ गते सकिने छ ।

चार वर्षे तथा तीन वर्षेको बिबिएसको परीक्षा साउन ११ गतेदेखि सञ्चालन हुने तालीकामा उल्लेख गरिएको छ । सबै परीक्षा भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी परीक्षा सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?