बैतडी । बैतडीमा शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका ५ जना र सिगास गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै शुक्रबार ६ जनाले कोरोना जितेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका ३ जना, दोगडाकेदार गाउँपालिकाका २ जना र पुर्चौंडी नगरपालिकाका १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया