बैतडी । बैतडीको पाटन नगरपालिकाले लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाएको छ। सबै क्षेत्रमा लैगिंक समानता कायम गर्नका लागि नगरपालिकाले नीति बनाएको जनाईएको छ।
महिला, दलित तथा पछाडि पारिएको वर्गहरुको विकासका लागि नीति बनाइएको नगर उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा फाया नेपालले परामर्शदाता मार्फत पाटनमा लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाएको हो। लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाउने पाटन बैतडीको पहिलो स्थानीय तह बनेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया