सरकारले नै छापेको पाठ्यपुस्तकमा अझै नेपालको पूरानै नक्सा

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले नेपालको पुरानै नक्सा प्रकाशन भएको पुस्तक बिक्री वितरण गरेको पाइएको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् । विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ । कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प्रकाशन भएको छ ।

यस्तै कक्षा ५ को पाठ ६ मा नक्सामा संकेतहरु भरौँ पाठमा पुरानै नक्सा प्रकाशन भएको छ । किताबको पहिलेको मूल्य छोपेर केही बढाएर नयाँ मूल्य समेत राखिएको एक अभिभावकले जानकारी दिनुभयो । पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बजारमा पुरानै स्टकको किताब गएको हुन सक्ने दावी गर्दै त्यस्ता पुस्तक फिर्ता हुने दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?