एमफिल र पीएचडीको शुल्क वैज्ञानिक नभएको भन्दै त्रिविमा प्रदर्शन

काठमाडौं । एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

आइतबार त्रिवि घडी भवनअगाडि भेला भएका युवाहरूले त्रिवि विद्यार्थी संघर्ष समिति नामक ब्यानरबाट प्रदर्शन गरेका छन् ।

त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूले विरोध जनाएका छन् ।

‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्‍यापार बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने त्रिवि विद्यार्थी संघर्ष समितिले जनाएको छ ।

संघर्ष दाहाल, रमेश विष्ट, मनिषा कार्की, समीर गौतम लगायत विद्यार्थी अभियन्ताहरूको अग्रसरतामा अघिल्लो सातादेखि एमफिल पिएचडी निःशुल्क हुनुपर्ने मागसहित आन्दोलन सुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?