काठमाण्डौ । युरो कप फुटबलको नकआउट चरणमा आज दुई वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा डेनमार्कको पार्केन एरिनामा राति पौने दश बजे स्पेन र क्रोएसिया तथा रोमानियाको नेसनल एरिनामा राति पौने एक बजे फ्रान्स र स्विट्जरल्यान्ड खेल्न लागेका हुन् । स्पेन समूह ुईुबाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
स्पेनले ३ खेल खेलेकोमा स्विडेन र पोल्यान्डसँग बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५–० गोलले हराएको थियो । क्रोएसिया समूह ुडी बाट उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसिया इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । त्यस्तै चेक रिपब्लिकसँग बराबरी र स्कटल्यान्डलाई ३–१ गोलले हराएको थियो ।
यस्तै साविकको उपविजेता फ्रान्स समूह ुएफु को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । फ्रान्सले जर्मनीलाई हराएको थियो भने हङ्गेरी र पोर्चुगलसँग बराबरी खेलेको थियो । स्विट्जरल्यान्ड समूह ुए ुबाट उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । स्विट्जरल्यान्डले वेल्ससँग बराबरी खेलेको थियो भने इटलीसँग पराजित भएको थियो । त्यस्तै टर्कीलाई ३–१ गोलले हराएको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया