बैतडी । सोमबार बैतडीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघि सम्म संक्रमण हुने भन्दा निको हुनेको संख्या बढीरहेको बैतडीमा आज निको हुने भन्दा नयाँ संक्रमितको संख्या धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज पाटन नगरपालिकाका ९ जना, शिवनाथ गाउँपालिकाका ५ जना, दोगडाकेदार गाउँपालिकाका २ जना,सुर्नया गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज दुईजना मात्रै संक्रमणमुक्त भएका छन् । जिल्लाको सिगास गाउँपालिका र दशरथचन्द नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।
जिल्लामा अहिले ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया