कञ्चनपुरमा जारी निषेधाज्ञा पुनः थपियो, भोलिदेखि सबै सवारीसाधन सञ्चालन हुने

कञ्चनपुर । कोरोना संक्रमण नियन्त्रणका लागि कञ्चनपुरमा जारी भएको निषेधाज्ञा पुनः थपिएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन व्यवस्थापन समितिको बैठकले असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा खुकुलो पार्दै असार १५ देखि २१ गते राति १२ बजेसम्म निरन्तरता दिइएको प्रजिअ महतोले जानकारी दिनुभयो ।

यस्तै मंगलवारदेखि जिल्लामा सबै प्रकारका सवारीसाधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमबार जारी गरेको आदेशमा सवारीसाधन सञ्चालन हुने उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवा र पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक पसल व्यवसाय निर्वाध रूपमा सञ्चालन हुने र यसबाहेक पसल बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?