कैलालीको सत्ती भन्सार कार्यालयले  ११ महिनामा वार्षिक लक्ष्य पार

दार्चुला । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको एक महिना बाँकी हुँदै वार्षिक लक्ष्य पार गरेको छ । सत्ती भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा रु १४ करोड ५० लाख राजश्व सङ्कलन गरेको हो ।

सत्ती भन्सार कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको सुरुमा रु छ करोड सात लाख र पछि बढाएर रु १४ करोड २३ लाख राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो । त्यो लक्ष्य जेठ महिनामै पुगिसकेको सत्ती भन्सार कार्यालय खक्रौलाका प्रमुख विमलकुमार शाहले बताउनुभयो ।

“सीमापारि आउजाउ गर्नेको सङ्ख्यामा कमी आयो । यहाँ आउने सामानहरू पनि बढे । सबै सामान भन्सारमार्फत आउँदा राजश्व सङ्कलनमा वृद्धि भएको हो”, शाहले भन्नुभयो , “असार महिनाको राजश्व जोड्दा अझ बढी हुनेछ ।”

दुई वर्षअघि मात्र स्थापना भएको सत्ती भन्सारले गत आर्थिक वर्षभरिमा रु पाँच करोड ८० लाख ७ हजार मात्रै राजश्व उठाएको थियो । कोरोना सङ्क्रमणपछि सीमा नाका खुला नहुँदा मानिसहरू खुला रूपमा सीमापारि आउजाउ गर्न नसक्दा र पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको प्रमुख शाहको भनाइ छ ।

खक्रौला भन्सारबाट कपडा, मोटर पार्ट्स र हार्डवेयरका सामान बढी आयात हुने गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?