बैतडी । बैतडीमा एक महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका ४ का रबिन भनिने २३ बर्षीय रविन्द्रबहादुर चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
असार १३ गते २५ बर्षीय महिलामाथि चन्दले जबरजस्तीकरणी गर्न खोजेको आरोप लागेको छ । महिलाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा चन्दलाई पक्राउ गरि जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।
जिल्ला अदालतबाट म्याद थपेर चन्दमाथि अनुसन्धान भईरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया