बैतडी । बैतडीमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।
विद्यार्थी संगठनहरुको आन्दोलनका केन्द्रिय कार्यक्रम अनुसार बिहीबार साँझ सतबाँझमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कामहरु गर्दै गएकाले आफूहरु आन्दोलनमा उत्रेको एमालेको नेपाल–खनाल समूहको अनेरास्ववियुका अध्यक्ष भुवन कार्कीले बताउनुभयो ।
नेपाल विद्यार्थी संघ, नेपाल समूहको अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनहरु अहिले आन्दोलनमा रहेका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरिरहेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया