तीन दिन देखि बेपत्ता बालकको शव भेटियो

दार्चुला । कैलालीको टीकापुर नगरपालिका-१ ब्लक नं- ८ बाट सोमबार बेपत्ता बालकको शव फेला परेको छ ।

स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक बिस्ट सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए ।

बुधबार साझ टिकापुर नगरपालिका-४ बागमारा स्थित जमरा कुलाको किनारमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

पानीमा डुबेको अवस्थामा शव फेला परको थियो । उनले कानमा लगाएको सुन भेटिए पनि चाँदिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लागेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?