दार्चुला । पहिरोले सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ शाहुखर्कमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको स्थानीयले जनाएका छन् ।
राजमार्ग सुचारु गर्न बिहानै देखि डोजर प्रयोग गरिएका छन ।
ठुला ठुला ढुंगा सहित पहिरो खसेकाले सुचारु हुन अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रुसँगै मालवाहक ट्रक शाहुखर्क वरपर रोकिएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




