खोप पाउनुपर्ने लगायत ३४ सूत्रिय माग राख्दै शिक्षक धर्नामा

दार्चुला । कोरोना भाइरस विरुद्धको खोपको माग गर्दै दार्चुलाका शिक्षकहरु आन्दोलित बनेका छन् । शिक्षकहरुले कोरोना विरुद्धको खोप पाउनुपर्ने लगायत ३४ सूत्रिय माग राख्दै शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई दार्चुलामा धर्ना दिएका छन् ।

शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघीय सरकारको बजेटमा उल्लेख गरिए अनुसार बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, स्थानीय तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका ३४ सूत्रिय माग राखेर धर्ना दिइएको नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राजेशसिह सामन्तले जानकारी दिनुभयो ।

नियमित विद्यालय जाँदा शिक्षक, विद्यार्थीहरु पनि कोरोनाको जोखिममा रहेकाले खोप लगाउनुपर्ने र विद्यालय कर्मचारीको तलब नेपाल सरकारले उल्लेख गरे अनुसार तथा श्रम ऐन अनुसार १५ हजार उपलब्ध गराउनुपर्ने लगायत माग गर्दै शिक्षकहरु देशभर आन्दोलित बनेका छन् । माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी शिक्षकहरुले दिएका छन् ।

शुक्रवार देशैभर शिक्षकहरुले ३ घण्टा स्थानीय शिक्षा विकास तथा समन्वय एकाई कार्यालयमा धर्ना दिएको बताइएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?