दार्चुला । कोपा अमेरिका फुटबलमा कोलम्बिया तेस्रो भएको छ । आज बिहान भएको खेलमा पेरुलाई ३–२ गोलले हराउँदै कोलम्बिया तेस्रो बनेको हो ।
खेलको इन्जुरी समयमा गोल गर्दै कोलम्बियाले पेरुलाई हरायो । खेलको ४५ औं मिनेटमा योसिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो । तर ४९ औं मिनेटमा जुआन कुआड्राडोले गोल गरी खेल बराबरीमा पुर्याए ।
कोलम्बियाका लुइस डियाजले ६६ औं मिनेटमा गोल गरी २–१ को अग्रता दिलाएका थिए । तर खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले गोल गरी खेल बराबरीमा ल्याए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।
कोपा अमेरिकाको उपाधिका लागि भोलि बिहान मराकाना रङ्गशालामा अर्जेन्टिना र ब्राजिल खेल्दैछन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया