जिल्ला अस्पताल बैतडीलाई  दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

बैतडी । जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ काठमाण्डौंका पूर्व अध्यक्ष दानबहादुर चन्दको सहयोगमा जिल्ला अस्पततालाई दुई थान अक्सिजन कन्सन्ट्रेन्टर प्राप्त भएको जिल्ला अस्पातल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताललाई १० लिटरका दुईथान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जनाइएको छ । अहिले जिल्ला अस्पतालमा २५ थान अक्सिजन कन्सन्ट्रेटर रहेका जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पतालमा अहिले ७० थान ठूला र ६ थान साना गरेर ७६ थान अक्सिजन सिलिण्डर रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?