दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकाले विपन्न घर परिवारलाई सोलार (सौर्य उर्जा) वितरण गरेको छ । संघीय वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम अन्तरगत पुर्चौडी नगरपालिकाको साझेदारीमा वाड नम्बर ३ न्वादेउ र वडा नम्बर ९ तल्लादेहीका दलित समुदायका विपन्न परिवारलाई सोलार सेट वितरण गरिएको हो ।
पुर्चौडीको वडा नम्बर ३ र ९ का ४८ घरधुरीलाई सोलार वितरण गरिने नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले जानकारी दिनुभयो । वडा नम्बर ३ का २५ परिवार र वडा नम्बर ९ तल्लादेहीका २३ परिवारलाई सोलार वितरण भइरहेको हो । शनिबार वडा नम्बर ३ न्वादेउका २५ विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । विद्युत विस्तार गर्न नसकिएको अवस्थामा अध्यारोमा बस्न वाध्य भएका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई २३ वाट क्षमताका सोलार वितरण गरिएको नगर प्रमुख रणबहादुर कुवरले बताउनुभयो ।
५४ थान सोलार खरिद गरिएकोमा न्वादेउ र तल्लादेहीका ४८ विपन्न परिवारलाई र बाँकी स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने नगरपालिकाले जनाएको छ । विद्युत अभावमा अन्धरकारमा बस्न बाध्य विपन्न परिवारले सोलार पाउदा खुसी भएको प्रतिक्रिया दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया