दार्चुला । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको बेतकोट नगरपालिका ९ स्थीत कृर्षि तालिमकेन्द्र परिसर भित्र लागु औषधको कारोबार गर्ने २ जना पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट तथा मातहतबाट खटिएको टोलीले आइतबार बेतकोट नगरपालिका सुन्दरपुर बस्ने २५ वर्षीय गणेश विष्ट र सोहि ठाउँका २६ वर्षीय करन धामिलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित उनिहरुलाई फक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता शिद्धराज न्यौपानेले बताउनुभयो ।
उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया